ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कोरोना संक्रमण बढेसँगै पञ्चकन्या माई हाईड्रोपावरले तीन आर्थिक वर्षको सभा भर्चुअल माध्यमबाट गर्ने

२०७८ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडले पुस २८ गतको लागि बोलाएको विगत तीन आर्थिक वर्षको संयुक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । 

कम्पनीले मंगलवार सूचना जारी गर्दै कोभिडको संक्रमण बढीरहेको अवस्थामा भौतिक उपस्थिति जोखिम भएकाले भर्चुअल माध्यबाट सभा गर्ने जानकारी दिएको हो । 

सम्बन्धित शेयरधनीहरुलाई सोही बमोजिम उपस्थितिको लागि व्यवस्था मिलाईने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले कुपण्डोल ब्यांक्वेट, कुपण्डोल, ललितपुरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो । 

सभाले आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ । 

साथै, संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन वा मनोनयन गर्ने विषय पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते (एक दिन) बुक क्लोज गरेको छ । 

बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्