ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कर्पोरेट डेभलपमेन्ट बैंकसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट 

२०७८ पौष, २७  
लगानी कम्पनी विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन बजार खुलेको सवा एक घण्टाको अवधिमा कर्पोरेट डेभलपमेण्ट बैंकसहित तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका २०९ ओटा धितोपत्रमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन लाइफ हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती तीन ओटा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले मूल्य वृद्धि भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ५५० दशमलव २०,ग्रीनलाइफ हाइड्रोपावरको रू. ५०१ दशमलव ६० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३१३ दशमलव ५० पुगेको छ ।

बजार बढेसँगै ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।यो समाचार तयार पार्दासम्मा नेप्से परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा यो दिन २८ दशमलव ३७ अंक बढेर २ हजार ८१३ दशमलव ३२ विन्दुमा पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्