पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २२६ ओटा धितोपत्र मध्ये गोर्खाज फाइनान्सको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. ९ करोड २३ लाख २१ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २७ दशमलव ६० अंक बढेर २ हजार ८१२ दशमलव ५४ विन्दुमा पुगेको हो ।
यस अवधिमा कुल रू. २ अर्ब ५७ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।