ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

समृद्धि फाइनान्सको २० औं वार्षिक साधारण सभा पुस ३० गते हुँदै

२०७८ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पु्स २७, काठमाडौं । समृद्धि फाइनान्सको २० औं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ ।

कम्पनीले सभा होटल अर्किड रिसोर्ट मकवानपुरमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी सभाले यस कम्पनीलाई अन्य कुनै पनि बैंक विकास बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने / गाभिने अथावा प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १६ गते एक दिन बन्द गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्