ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नबिल इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ पौष, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टाको अवधिमा नबिल इक्विटी फण्डसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।


कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको खरीद माग उच्च रहेको छ ।  उक्त अवधिसम्ममा नबिल इक्विटी फण्ड,सिद्धार्थ इक्विटी फण्ड,मध्यभोटेकोशी जलविद्युत कम्पनी, सनराइज फर्स्ट म्युुचुअल फण्ड र अपि पावर कम्पनीको शेयरमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नबिल इक्विटी फण्डको ४ लाख ९२ हजार ३७८ इकाई खरीद माग रहेको छ ।

 त्यसैगरी सिद्धार्थ इक्विटी फण्डको ४ लाख ३ हजार ६०० इकाई, मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ४ लाख २ हजार ५३५ कित्ता, सनराइज फर्स्ट म्युचुअल फण्डको ३ लाख ३ हजार ३६२ इकाई र अपि पावर कम्पनीको २ लाख ६२ हजार १७२ कित्ता शेयर खरीद माग रहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४५ दशमलव २३ अंक बढेर २ हजार ८३० दशमलव १८ विन्दुमा पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्