ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ   : स्वास्थ्य मन्त्रालय

२०७८ पौष, २७  
समाचार स्वास्थ्य र जीवन शैली
Image Not Found

पुस २७, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई ध्यानमा राख्दै गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ ।     
     
 संक्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ । संक्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरुमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो ।     
     
 पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका संक्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ संक्रमित देखिएका छन् । साथै नेपालमा हाल ७ हजार ८५५ सक्रिय संक्रमित पुगेका छन् । यसरी अहिले दैनिक संक्रमित हुनेको बढिरहेको छ ।     
     
 संक्रमण दर बढ्दै     
     
 संक्रमण दर पनि वृद्धि भएको छ । पुस १९ गते कुल परीक्षणमध्ये २ दशमलव ६ प्रतिशतमा रहेको संक्रमण पुस २६ गते कुल परीक्षण गरेकोमध्ये १२ दशमलव ७ प्रतिशतमा संक्रमण पुगेको छ । यस्तै पुस २५ गते कुल परीक्षण गरेकोमध्ये ९ दशमलव २ प्रतिशतमा संक्रमण दर रहेको थियो ।     
     
 यसैगरी पुस २० गते ४ दशमलव २ प्रतिशत, पुस २१ गते ४ दशमलव ३ प्रतिशत पुस २२ गते ४ दशमलव ५ प्रतिशत, पुस २३ गते ६ दशमलव ५ प्रतिशत, पुस २४ गते ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको थियो ।     

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दी (लकडाउन) को अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन ।     
     
 मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । उनका अनुसार बन्दाबन्दी बारेमा छलफल नै भएको छैन । 
     
 मन्त्रालयले जुन क्षेत्रमा संक्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उनका अनुसार तर मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति संक्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ । 

 मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन ५ लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पु¥याइरहेको बताए।     
     
 ओमिक्रोन भेरियन्ट रोकथामको तयारी     
 
   
 सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोखिम हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी यूनिट (एचडीयू), भेन्टिलेटर, आईसोेलेशनको तयारी अवस्थामा राखेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement