ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सिटिजन्स बैंकद्वारा थप प्रिभिलेज काउन्टर विस्तार

२०७८ पौष, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमडौं । सिटिजन्स बैंकले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले उक्त काउन्टर थप गरेको बैंकले बताएको छ ।  

यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी काठमाण्डौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को  राजविराज शाखामा मा रहेको प्रिभिलेज काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आईरहेको थियो । 

साथै, आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका १७४ ओटा शाखा,  १२३  ओटा ए.टि.एम र ९० ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्