ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

रौतहट उद्योग वाणिज्य संघको अध्यक्षमा पुन: जयसवाल चयन 

२०७८ पौष, २७  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, रौतहट । रौतहट उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पंडित प्रसाद जयसवाल निर्विरोध निर्वाचित भएका छन् । 

संघको सोमवार भएको निर्वाचन प्रक्रिया अनुसार अध्यक्षमा एक र सदस्यमा १८ जना निर्विरोध निर्वाचित भएका हुन् । यी सबै पदमा एक/एक जनाले मनोनयन दर्ता गरेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा नन्दकिशोर झाले बताए ।

निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गरिएको र अन्य प्रतिष्पर्धी नभएपछि अध्यक्षसहितका सदस्य निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए । 

दोस्रो कार्यकालका लागि जयसवाल निर्विरोध निर्वाचित भएका हुन् । संघको सदस्यमा गौरबाट रितेश कुमार अग्रवाल, चन्द्र प्रकाश अग्रवाल, रामजी साह कानु, रवीन्द्र नाथ गोपाली, अमित कुमार केशरी, गंगाधर प्रसाद, मनोज कुशवाह, जगन्नाथ प्रसाद केशरी, विपेन्द्र कुमार झा, संजय कुमार कर्ण, मुनिन्द्र कुमार ठाकुर रहेको निर्वाचन समितिले जानकारी दिएको छ । 

निर्वाचन समितका अनुसार चन्द्रपुरबाट सुनिल कुमार साह, बासुदेव अधिकारी र राजेन्द्र तिवारी छन् भने गरुडाबाट सुनिल कुमार जैसवाल, रमानन्द साह तेली, सुशिला देवी जयसवाल, रामरतन प्रसाद साह रौनियार रहेका छन् । गौरबाट ११, चन्द्रपुरबाट ३ र गरुडाबाट ४ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक झाले जानकारी दिए ।

अन्य पदको बाँडफाँट संघको विधान अनुसार शपथ ग्रहणपछि पहिलो बैठकले सहमतिमा नै गरिने संघका अध्यक्ष जयसवालले बताए । 

यसअघिको कार्यकालमा अधुरा रहेका काम पूरा गर्ने आफ्नो योजना रहेको  उनले बताए । कोभिडका कारण यसअघिका कार्यकालमा पर्याप्त काम गर्न नसकेको गुनासो गर्दै संघको हकहितको लागि प्रतिबद्ध हुने उनको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्