ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

माथिल्लो मैलुङ खोला जलविद्युतको आठौं वार्षिक साधारण सभा पुस २८ गते

२०७८ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा बुधवार पुस २८ गते गर्ने भएको छ । 

सभा अकामा होटल धुम्बाराही काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको छ । सभाले सञ्चालक संख्या थप गर्ने र सोही बमोजिम कम्पनीको नियमावलीको नियम ३१ संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, कम्पनीको नियमावलीमा नियमअनुसार संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकाय वा कार्यलयले कुनै फरेबदल परिमार्जन वा मिलाउनु पर्ने सुझाव वा निर्देशन दिएमा सोही अनुरुप फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्यितारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्