ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कोभिड-१९ को तेस्रो लहर आएपछि 'क्यान इन्फोटेक २०२२' स्थगित

२०७८ पौष, २७  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं। आगामी माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तयारी गरिएको क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित भएको छ ।

कोभिड–१९ को तेस्रो लहरका कारण इन्फोटेक स्थागित भएको हो ।  क्यान महासंघले कोभिड-१९ को तेश्रो लहर, काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा  फैलिएको संक्रमण, संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै  स्थागित गरिएको बताएको छ  ।

महासंघका अनुसार इन्फोटेकको तयारी पुरा भइसकेको थियो । तयारीको क्रममा सहयोग पुर्‍याउने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै असुविधाप्रति महासंघले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement