ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

फाइजरले गर्यो ओमिक्रोन र मौलिक कोरोना भाइरस विरुद्धको खोप बनाउन शुरु 

२०७८ पौष, २७  
अन्तरराष्ट्रिय स्वास्थ्य र जीवन शैली
Image Not Found

पुस २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले कोरोना भाइरसको संक्रामक नयाँ भ्यारिएन्ट ओमिक्रोन र यसको मौलिक भ्यारिन्ट दुबैलाई हुने गरी हाइब्रिड खोप बनाउँदैछ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले यस्तो बताएका हुन् । खोप सम्बन्धी अनुसन्धान जारी नै रहेको भएपनि कम्पनीले ओमिक्रोनलाई लक्षित गरेर नयाँ, हाइब्रिड खोप बनाइरहेको छ । मार्चमा प्रयोगका लागि अनुमति माग्न कुन खोप उपर्युक्त हुन्छ भनेर निर्णय गर्ने बुर्लाको भनाइ छ । 

फाइजरले खोपको उत्पादन शुरु गरिसकेको छ । प्रयोगको अनुमति पाउने बित्तिकै बजारमा ल्याउने तयारी भइरहेको पनि उनले बताए ।

दक्षिण अफ्रिकामा ओमिक्रोन भ्यारिएन्ट देखा परे लगत्तै नोभेम्बरको अन्त्यमा कम्पनीले विशेष गरी ओमिक्रोनलाई लक्षित गरेर खोप बनाउने घोषणा गरेको थियो ।

कम्पनीले खोपको उच्च मात्राको संस्करण पनि परीक्षण गरेर अहिलेको भन्दाफरक अवधिमा खोप दिन सकिन्छ कि सकिदैंन भन्नेबारे पनि मूल्यांकन गरिरहेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्