ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिटिजन्स बैंकको थप प्रिभिलेज काउन्टर विस्तार

२०७८ पौष, २८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकलाई विशिष्टीकृत  सेवा उपलब्ध गराउने  उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटीपथ, काठमाडौं तथा कमलादी, लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर, बिर्तामोड शाखा र प्रदेश २ को  राजविराज शाखामा प्रिभिलेज काउन्टरबाट ग्राहकलाई विशेष बैंकिङ्ग सेवा दिँदै आएको थियो । आगामी दिनमा अन्य प्रदेशमा समेत यस्ता थप विशेष बैंकिङ सेवा विस्तार गर्ने योजना रहेको बैंकले बताएको छ । हाल बैंकले १७४ शाखा,  १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement