काठमाडौं (अस) । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तत्र्रिmया कार्यक्रममा दैनिक निर्माणमा खटिने उक्त संख्याका निर्माणकर्मीको ५ लाख बराबरको जोखिम बीमा गराएको कम्पनीले बताएको छ ।
अन्तत्र्रिmयामा उपस्थित निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्या समाधानका उपाय र सिमेन्ट भण्डारणबारे जानकारी गराइएको थियो ।
अन्तत्र्रिmयामा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिइनुका साथै हरेक सहभागी निर्माणकर्मीका लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरिएको थियो ।
३ हजार ४५ निर्माणकर्मीलाई दैनिक कार्यमा आवश्यक पर्ने सामान, ब्याग, टिफिन बक्स आदि वितरण गरिएको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, काठमाडौंलगायत जिल्लाका विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो ।
शिवम् सिमेन्टले बिक्रीपछिको निःशुल्क प्राविधिक सेवा दिँदै आएको छ । कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायीलगायत उपस्थित थिए ।