ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बोर्ड र नेप्सेको दोहोरी

२०७८ पौष, २८  
१० वर्ष अघि
NA

धितोपत्र दलाल छनोट प्रक्रिया पुनः रोकिएको छ । नेप्सेका महाप्रबन्धक तथा धितोपत्र दलाल छनोट उपसमितिका अध्यक्ष शंकरमान सिंह छनोट प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै धितोपत्र बोर्डले अनुसन्धानका लागि चिठी थमाएपछि प्रक्रिया अघि बढाउन नसकेको बताउँछन् । कहिले प्रक्रिया अघि बढाउने त कहिले रोक्ने निर्देशक आउने गरेकाले आफूले चाहेर पनि काम गर्न नसकेको उनको भनाइ छ ।

उता नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष डा. शूरवीर पौड्याल भने अख्तियारबाट निर्देशन भएअनुसार छानबिनका लागि टोली गठन गरेकोले सहयोग गर्न मात्र भनेको बताउँछन् । पौड्याल भन्छन्, ‘छनोट प्रक्रिया रोक्न भनेको छैन । दलाल छनोट प्रक्रियालाई बाँडिएको दुई समूहमध्ये ७५ अंक समूहभित्रको मात्र मापदण्ड पूरा भए नभएको छानबिन गर्न भनिएको हो । यसमा निवेदकको पुँजी शैक्षिक योग्यता र अनुभव पर्छ । यो समूहको प्राप्तांकले २५ अंकको लिखित परीक्षालाई कुनै असर गर्दैन । त्यसैले उपसमितिले चाहे लिखित परीक्षा सकेसम्म चाँडै गराउन सक्छ । हामी पनि उसले जाँच सकोस् भन्ने चाहन्छौं ।’

साथै, छनोट सहज होस् भन्नका लागि निवेदकलाई अयोग्यताको स्वयं घोषणा गर्न १५ दिनको सूचना जारी गर्न पनि उपसमितिलाई सुझाव दिएको पौड्यालले बताए । धितोपत्र दलाल हुनका लागि निवेदकले पूरा गर्नुपर्ने मापदण्ड र प्रक्रिया आदिबारे राम्ररी जानकारी भएकाले उपसमिति सेल्फ रेगुलेटेड हुनुपर्ने उनको धारणा छ । धितोपत्रको कारोबार चुस्त सहज बनाउन भन्दै दलाल थप्ने कुरा ३ वर्ष अघिदेखि उठेको हो ।

वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement