ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर विक्रीमा

२०७८ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न सकिने गरी विक्रीमा आएको छ । 

कम्पनीले रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता र  श्रीराम पाण्डेको नाममा रहेको नाममा रहेको २६ हजार ८९४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।कम्पनीले पुस २८ गते विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री खुला भएको जानकारी दिएको हो । 

यो  शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर,काठमाडौंमा निवेदन दिनु पर्नेछ । 

यसअघि कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यो  शेयर विक्री गर्न लागिएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्