ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा ५.७४ अंकले बढ्यो नेप्से परिसूचक

२०७८ पौष, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार प्रि ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ७४ अंकले बढेको छ । 

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८३९ दशमलव ८७ विन्दुमा पुगेको हो ।यस अवधिमा कारोबारमा आएका ४० ओटा धितोपत्रको ८ हजार १२३ कित्ता शेयर रू.५२ लाख ४ हजारमा खरीदविक्री भएको छ ।

प्रि - अ‍ोपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री गोर्खाज फाइनान्सको भएको छ । उक्त कम्पनीको रू. १९ लाख ९५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

अघिल्लो कारोबार दिन मंगलवार  भने नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ७७ प्रतिशत अर्थात् ४९ दशमलव १९ अंकले बढेको थियो ।

उक्त दिन नेप्से परिसूचक २ हजार ८३४ दशमलव १३ विन्दुमा पुगेर बन्द भएको थियो ।  उक्त दिन कारोबारमा आएका २३२ ओटा धितोपत्रको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर ७७ हजार १५ पटकमा रू. ६ अर्ब ७२ करोड ४५ लाख २६ हजारमा खरीदविक्री भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्