ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सांग्रिला डेभलपमेण्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

२०७८ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

बैंकले बुधवार सूचना जारी गरी कम्पनीका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जानकारी गराएको हो ।  

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा पुग्ने गरी निवेदन गर्न जानकारी गराएको छ ।  

उक्त समयभित्रमा आवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्