ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

प्रोग्रेशिभ फाइनान्सको लाभांश दर परिमार्जन 

२०७८ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले लाभांश दर परिमार्जन गरेको छ । 

कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको आव २०७७/७८ को स्वीकृत अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर सम्बन्धी व्यवस्थामा फेरबदल हुने भएकाले स्वीकृत वित्तीय विवरणमा समेत सारभुत असर पर्ने देखिएकाले वित्तीय विवरण पारिमार्जित गरी पुनः पारित गर्ने भएकाले लाभांश दर परिमार्जन भएको हो । 

कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्