ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बुधवार प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ पौष, २८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ३०० ले बढेको सुनको भाउ बुधवार रू. ४०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू. १ हजार २३० मा कारोबार भएको चाँदी बुधवार रू. ५ ले बढेर रू. १ हजार २३५ मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्