ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

निफ्राको शेयरमा खरीद चाप सर्वाधिक, ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

२०७८ पौष, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयर खरिद चाप बुधवार उच्च रहेको छ । 

कारोबारको सवा एक घण्टाको अवधिसम्ममा कम्पनीको २१६ ओटा अर्डरबाट ४ लाख ६६ हजार ४४३ कित्ता शेयर खरीद आदेश रहेको छ । उक्त अवधिसम्म निफ्राको शेयर विक्रीकर्ता भने देखिएका छैनन ।

उच्च खरीद चापका कारण कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३३ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ३७२ दशमलव ९० कायम भएको छ ।
 

निफ्रासँगै ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि 
 

बुधवार निफ्रासँगै चार ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । कारोबारको सवा एक घण्टाको अवधिमा निफ्रासँगै कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकाशी जलविद्युत् कमपनी र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको हो ।

उक्त अवधिसम्म कर्पोरेट डेभलपमेन्ट बैंकको  शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू. ५५ ले बढेर अन्तिम मूल्य रू. ६०५ दशमलव २० पुगेको छ भने मध्य भोटेकोशीको ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३१ दशमलव ३० ले बढेर अन्तिम मूल्य रू. ३४४ दशमलव ८० पुगेको छ । 

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६२७ दशमलव ९० पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्