ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कारोना संक्रमण बढेसँगै ७ ओटा कम्पनीद्वारा साधारण सभामा भर्चुअल माध्यमबाट सहभागी हुन अनुरोध

२०७८ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । पछिल्लो समय कारोना संक्रमण बढेसँगै विभिन्न कम्पनीहरुले शेयरधनीलाई साधारण सभामा भर्चुअल माध्यबाट सहभागी हुन अनुरोध गरेका छन् । 

संकट व्यवस्थापन समन्वय केन्द्रको पुस २५ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्म सार्वजनिक स्थालमा २५ जना भन्दा बढी भेला नहुन सिफारीस गरेसँगै कम्पनीहरुले भौतिक रुपमा बोलाएको साधारण सभालाई भर्चुअल माध्यमबाट बोलाएका हुन् । 

चन्द्रागिरी हिल्स लिमिटेड, सिभिल बैंक, गुडवील फाइनान्स, मैलुङखोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, आरएमडिसी लघुवित्त वित्तीय संस्था र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी हुन अनुरोध गरेका हुन् । 

चन्द्रागिरी हिल्स लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २९ गते कम्पनीको कार्यालय थानकोट टप स्टेशन परिसरमा दिनको ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै, सभाले सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले यस कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) मा कम्पनीको उदेश्यमा थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियमक निकायबाट सुझाव पा निर्देशन भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी, सिभिल बैंकले पुस ३० गते आम्रपाली ब्यांक्वेट बालुवाटारमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २९ गते आम्रपालि ब्याक्वेट थिरबम सडकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकराी गराएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, गुडवील फाइनान्सले पुस २९ गते होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा बिहान ११:३० बजे भर्चुअल माध्यमबाट शुरु गर्नेछ । सभाले ९ दशमलव १ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै आरएमडिसी लघुवित्त वित्तीय संस्थाले २३औं वार्षिक साधारण सभा पुस ३० गते अमृतभोग कालिकास्थानमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी गराएको हो । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, मैलुङखोला जलविद्युत् कम्पनीले आठौं वार्षिक साधारण सभा पुस ३० गते लैनचौर ब्यांक्वेट लैनचौरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी गराएको हो ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखारीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा स्मार्ट क्याफे ब्याक्वेट धुम्वाराही चोकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्