ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एचआइडिसीएलको सर्वाधिक ११ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ पौष, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको डेढ घण्टाको अवधिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआइडिसीएल) को सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये उक्त अवधिसम्ममा कम्पनीको रू. ११ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार  तयार पार्दासम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३२१ मा कारोबार भइरहेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  ५ दशमलव ४१ प्रतिशत वृद्धि भएको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १७ दशमलव २५ अंकले बढेर २ हजार ८१५ दशमलव २८ विन्दुमा पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्