ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

भारतमा एकैदिन थपिए झण्डै दुई लाख नयाँ कोरोना संक्रमित

२०७८ पौष, २८  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २८, नयाँदिल्ली (भारत) । भारतमा कोरोना भाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन् ।  

मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

दैनिक नयाँ संक्रमितहरुको वृद्धिदर ११ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ ।

महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ संक्रमित थपिएका छन् । दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ संक्रमित थपिएको अधिकारीहरुले जानकारी दिइएको छ । नयाँ संक्रमित मध्ये चार हजार ८६८ जना ओमिक्रोन भाइरसबाट संक्रमितहरु रहेको जानकारी दिइएको छ । 

अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना संक्रमित भएको उल्लेख गरिएको थियो । 

भारतमा सक्रिय संक्रमित र नयाँ संक्रमित दुवैको संख्या तिव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मंगलवार आठ लाख २१ हजार ४४६ जना सक्रिय संक्रमित रहेका थिए । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement