ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धिदर सरकारको लक्ष्य अनुरुप नहुने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.९ % मात्रै

२०७८ पौष, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सरकारले निर्धारण गरेको लक्ष्य अनुरुप नहुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले बुधवार सार्वजनिक गरेको प्रक्षेपण अनुसार चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । तर सरकारका अर्थमन्त्री जनार्दन शर्माले ७ प्रतिशतको वद्धिदर हासिल हुने बताइरहेका छन् ।

उता अर्थसचिव मधु कुमार मरासिनीले पनि आर्थिक वद्धिदर ७ प्रतिशत हुने दाबी गरेका थिए । सरकारले गरेको दावीलाई बहुपक्षिय दातृ निकायले खण्डन गर्दै उक्त आर्थिक वद्धिदर भने नहुने प्रक्षेपण सार्वजनिक गरेको हो ।  नेपालले आगामी वर्ष भने ४ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।विश्व बैंकले कोरोना तेस्रो लहर जोखिम निम्तिएमा अर्थतन्त्रमा थप संकुचन आउने पनि बताएको छ ।

साथै उसले सार्क राष्ट्रमध्ये भारतको आर्थिक वृद्धिदर ८ दशमलव ३, पाकिस्तानको ३ दशमलव ४, भुटानको ५ दशमलव १,बंगलादेशको ६ दशमलव ४ प्रतिशत, श्रीलंकाको २ दशमलव १, मालदिभ्सको ११ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आर्थिक वृद्धिदरको सूचिमा अफगानिस्तानलाई भने राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच उक्त राष्ट्रको प्रक्षेपण हुन नसकेको बताइएको छ । समग्रमा दक्षिण एशियाली मुलुकले ७ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने देखिएको छ ।

सन् २०२१ मा ५ दशमलव १ प्रतिशतले बढेको विश्व अर्थतन्त्र यस वर्ष ४ दशमलव १ प्रतिशतले मात्रै बढ्ने अनुमान उसको छ ।  कोरोना भाइरसको ओमिक्रोन भ्यारिएन्टसँग सम्बन्धित आर्थिक अवरोधले वृद्धिदर घटाएर ३ दशमलव ४ प्रतिशत ल्याउन सक्ने चेतावनी पनि उसले दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्