ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मध्य भोटेकोशी जलविद्युत् कम्पनीसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

२०७८ पौष, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । साता चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा मध्य भोटेकोशी जलविद्युत् कम्पनीसहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २२३ धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मध्य भोटेकोशी जलविद्युत् कम्पनी, सनराइज फर्स्ट म्युचुअल फण्ड,सिद्धार्थ इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच  ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४ लाख ८८ हजार २५९ कित्ता शेयर खरीद माग रहेको छ । 

त्यसैगरी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ३ लाख ५ हजार ९७५ कित्ता, सनराइज फर्स्ट म्युुचुअल फण्डको २ लाख ७६ हजार १०० इकाई, सिद्धार्थ इक्विटी फण्डको २ लाख ४८ हजार ५०० इकाई र सानिमा लार्ज क्याप फण्डको २ लाख ४४ हजार ४०० इकाई खरीद माग रहेको छ ।

 यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव ६० अंक घटेर २ हजार ८२२ दशमलव ५३ विन्दुमा रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्