ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बौद्धिक सम्पत्ति दर्ता गर्न उद्योग मन्त्रालयद्वारा आह्वान   

२०७८ पौष, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई बौद्धिक सम्पत्ति दर्ताका लागि आह्वान गरेको छ ।

मन्त्रालयले आव २०७८/ ७९को वार्षिक कार्यक्रममा  ती उद्योगहरुको उत्पादनहरुको बौद्धिक सम्पतिमा पहुँच र दर्ता सहयोग कार्यक्रम रहेको भन्दै आफ्नो उत्पादनको बौद्धिक सम्पत्ति दर्ता गर्न भनेको छ । मन्त्रालयले यसका लागि १५ दिन भित्र सम्पर्क गर्न त्यस्ता उद्योगहरुलाई आग्रह पनि गरेको छ ।


पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ अनुसार त्यस्ता उद्योग वस्तु तथा सेवाको बौद्धिक सम्पत्ति दर्ता सहयोग लिन इच्छुकलाई मन्त्रालयले सहजीकरण तथा सहयोग उपलब्ध गराउने छ । आवेदन दिएका मध्ये चालू आर्थिक वर्षमा २० ओटालाई छनोट गरेर यस्तो सुविधा उपलब्ध गराउने पनि मन्त्रालयले बताएको छ ।

बौद्धिक सम्पत्तिको कानूनी संरक्षणका लागि हाल मुलुकमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ क्रियाशील रहेका छन् ।

यो पनि हेर्नुस् :

बौद्धिक सम्पत्ति अधिकार कार्यान्वयन र चुनौती

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्