ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कर्जा पुन : संरचना गर्न चीनलाई श्रीलंकाको अनुरोध 

२०७८ पौष, २८  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २८, कोलम्बो (श्रीलंका) । श्रीलंकाका राष्ट्रपति गोतबाया राजापाक्षले चीनसँग आफ्नो कर्जा पुन : भुक्तानीको पुन : संचरनाका लागि अनुरोध  गरेका छन् । 

श्रीलंकालाई खराब वित्तीय अवस्थाबाट पार लगाउन मद्दत गर्नका लागि चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा राजापाक्षले सो अनुरोध गरेका हुन् । 

गएको दशकमा चीनले श्रीलंकालाई सडक, विमानस्थल र बन्दरगाह निर्माणलगायत परियोजनाका लागि ५ अर्ब डलरभन्दा धेरै ऋण दिएको छ । तर आलोचकहरुले भने सो रकम न्यून प्रतिफल भएका अनावश्यक योजनाहरुमा प्रयोग भएको बताइरहेका छन् । 

कर्जा पुन : भुक्तानीको पुन : संरचना भएमा आफ्नो देशलाई निकै ठूलो राहत हुने राष्ट्रपतिले औंल्याएको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा भनेको छ । सहुलियतपूर्ण शर्तमा श्रीलंकालाई सामानआपूर्ति गर्न पनि चीनलाई अनुरोध गरिएको बताइएको छ ।

यसबारे विज्ञप्तिमा विस्तृतमा भने बताइएको छैन । श्रीलंकाले यस वर्ष चीनलाई करीब साढे ४ अर्ब डलर कर्जा पुन : भुक्तानी गर्नु छ ।

गत महीना श्रीलंकाले इरानलाई तेलको बक्यौता रकम चियापत्तिबाट तिर्ने बताएको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement