ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

२० खर्ब ऋणमा डुबेको भोडाफोनले सरकारी बक्यौतालाई शेयरमा बदल्ने, सरकारको हिस्सा ३५% पुग्ने

२०७८ पौष, २८  
समाचार प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं। १९ खर्ब ९५ अर्ब भारतीय रुपैया (करीब ३२ खर्ब नेपाली रुपैयाँ) ऋणमा डुबेको भारतीय टेलिकम कम्पनी भोडाफोनले सरकारी बक्यौतालाई शेयरमा बदल्ने निर्णय गरेको छ ।

कर्जा संकटको सामना गरिरहेको भोडाफोन आईडिया (वीआईएल) ले सरकारलाई तिर्नुपर्ने १ खर्ब ६० अर्ब भारतीय रुपैयालाई शेयरमा बदल्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उक्त सरकारी बक्यौतालाई शेयरमा बदलेपछि भोडाफोनमा सरकारी हिस्सा करीब  ३६ प्रतिशत (३५ दशमलव ८ प्रतिशत) पुग्ने छ । भोडाफोन आइडीयामा अहिले प्रवर्द्धकहरु मध्ये भोडाफोन समूहको २८ दशमलव ५ प्रतिशत र आदित्य बिडाल समूहको १७ दशमलव ८ प्रतिशत शेयर हिस्सा छ ।

कम्पनीको यो योजना सफल भएमा यो कम्पनीको सबभैन्दा ठूलो लगानी भारत सरकार बन्ने छ । भोडाफोनको निर्देशक मण्डलले १० जनवरी २०२२ को बैठकको निर्णयमा स्पेक्ट्रम लिलामी किस्ता वा एजीआर बक्यौतासँग सम्बन्धीत कुल ब्याज दायित्वलाई इक्विटीमा बदल्न मञ्जुरी दिइसकेको छ ।

कम्पनीको शेयरको औषत मूल्य १४ अगस्ट २०२१ को पार भ्यालुभन्दा कम रहेको छ । यसकारण सरकारले पाउने शेयरलाई १० रुपैया प्रतिशेयरको दरले दिने अनुमान गरिएको छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्