ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

थप ३०७५ मा कोरोना संक्रमण पुष्टि, २७८ जना संक्रमणमुक्त   

२०७८ पौष, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । नेपालमा विगत घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ ओटा नमूना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण उक्त अवधिमा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा २७८ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ ।
मन्त्रालयका  प्रवक्ता संगिता मिश्राले हालैका दिनमा कोरोना संक्रमण दर वृद्धि भइरहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेकि छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्