ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पुस मसान्तभित्र आयकरको पहिलो किस्ता बुझाउन सरकारको आग्रह

२०७८ पौष, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । सरकारले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको छ । 

अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको हो ।

विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ ।

आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा ५४ को उपदफा (१) वमोजिम आर्थिक वर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम यहि पुस मसान्तभित्रै दाखिला गर्नको लागि विभागले सूचना जारी गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्