ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नबिल बैंकले किन्ने निर्णयपछि नेपाल बङ्गलादेश बैंकको सर्वाधिक शेयर खरीदविक्री 

२०७८ पौष, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेपाल बङ्गलादेश बैंकको सर्वाधिक रू. २८ करोड ६९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये नेपाल बङ्गलादेश बैंकको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४०० कायम भएको छ ।

यस दिन कम्पनीको ७ लाख २१ हजार ५५ कित्ता शेयर खरीदविक्री भएको हो । यस कम्पनीलाई नबिल बैंकले किन्ने निर्णय गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो  । 

केही दिन अगाडिदेखि नबिल बैंक र नेपाल बङ्गलादेश बैंक दुबैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका छन् । नबिल बैंकमा चौधरी समूहको लगानी रहेको छ । त्यसैगरी नेपाल बङ्गलादेश बैंकमा भने बङ्गलादेशको आइएफआईसी बैंकको शेयर लगानी छ  ।

चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गत वर्षदेखिनै नेपाल बङ्गलादेश बैंकममा रहेको आइएफआईसी बैंकको शेयर किन्न खोजिरहेका थिए ।  तर त्यसमा विभिन्न अवरोध आइरहेको थियो ।

अहिले भने नेपाल राष्ट्र बैंकले त्यो अवरोध हटाउन सहजिकरण गरेको बताइएको छ । यसअघि पनि यी दुवै कम्पनी बीच मर्ज हुने विषयमा चर्चा चलेको थियो ।त्यतिबेला स्वाप रेशियो बारे सहमति हुन नसक्दा सफल हुन सकेको थिएन । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्