ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

भण्टावारी नाकाबाट आईसीपीमा भित्रिए २२२ ओटा मालवाहक सवारी(अपडेट)

२०७८ पौष, २८  
प्रदेश ०१
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

पुस २८, विराटनगर । आयात निर्यातका लागि भारतको भीमनगर र नेपालको भण्टावारी नाका सुचारु भएपछि बुधवार २२२ ओटा मालबाहक सवारी विराटनगर आइसीपीको यार्डमा आइपुगेका छन् ।

मालबाहक सवारीको चेकजाँच र भन्सार जाँचपास बिहीवारबाट हुने भन्सार कार्यालयले बताएको छ ।

 विहान पूर्वपश्चिम राजमार्गमा सवारीको चाप हुने भएकाले बेलुका नौ बजेबाट प्रहरीको निगरानीमा भण्टाबारी नाकाबाट विराटनगरको आईसीपीसम्म मालबाहक ल्याउने र भन्सार चेकजाँच बिहीवारबाट गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए।  

पाँच दिनदेखि निकासी पैठारी ठप्प भएको विराटनगर नाकामा भारतलगायतका तेश्रो मुलुकबाट आउने मालबाहकका लागि सुनसरीको भण्टावारी नाका भने मंगलवारबाट सुचारु गरिएको थियो । सोमवार नेपालको भन्सार विभागले र मंगलवार भारतीय भन्सार विभागले रि - रुटका लागि अनुमति दिएपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका हुन् । 

विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगञ्जको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासी पैठारी ठप्प भएको थियो । जसका कारण विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजस्व गुमाउँदै आएको थियो । 

चार दिनदेखि जोगवनी र भण्टावारी नाका जाने सडकमा ६०० भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुरतर्फ लागेका छन् । जहाँ भारततर्फ भीमनगर भन्सार छ भने नेपालतर्फ भण्टावारी छोटी भन्सार छ । 

भारतबाट भण्टावारी नाका हुँदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तव्यसम्म जाने भन्सार प्रमुख सापकोटाले बताए । 

विराटनगर नाकाबाट दैनिक ३०० ओटा मालबाहक आवत जावत गर्ने गर्ने गरेका छन् । 
 

यो पनि हेनुस् :

रि - रुट अनुमति पाएपछि भण्टावारी नाकाबाट शुरु भयो आयात निर्यात


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्