ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

क्रिकेट एक्सेलेन्स सेन्टरलाई बजाज मोटरसाइकलको प्रायोजन

२०७८ पौष, २९  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने सम्झौता गरेको छ ।

सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई प्रवर्द्धन गर्दै आएको छ । यो सहकार्यले देशभरबाट थप क्रिकेटर उत्पादन गर्न मद्दत गर्नेछ ।’

पूर्वकप्तान पारस खड्काले बजाज पल्सरले  क्रिकेटमा मात्र नभई नेपालको खेल क्षेत्रलाई सहयोग गरिरहेको बताए ।

क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीको विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरका लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ । क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement