ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पर्यटनको अन्तर्राष्ट्रिय प्रचारमा ठूलो खर्च

२०७८ पौष, २९  
१० वर्ष अघि
NA

नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा वार्षिक करिब १५ करोड रूपैयाँ खर्च गरिरहेको छ । बोर्डको आम्दानीको मुख्य हिस्सा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा नै खर्च हुने गरेको देखिएको छ ।

नेपाल पर्यटन वर्ष २०११ को अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनलाई बोर्डले अहिलेको आफ्नो प्रमुख कार्यका रूपमा लिएको छ । अन्तर्राष्ट्रिय प्रवर्द्धन खर्च अझै बढ्ने बोर्डको अनुमान छ ।

सरकारले आर्थिक वर्ष २०६७/६८ को बजेट पेस गर्ने बेला भएको छ । ‘पर्यटन वर्षका लागि सरकाले छुट्याउने बजेटले अन्तर्राष्ट्रिय प्रवर्द्धनको योजना तय गर्नेछ,’ नेपाल पर्यटन वर्ष २०११ कार्यक्रम कार्यान्वयन समितिका सदस्य सचिव तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुवास निरौलाले बताए । तर अहिले गरिँदै आएको प्रवर्द्धन भने निरन्तर नै हुनेछ । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि बीबीसी, सीएनएनजस्ता विश्वव्यापी पहुँच भएका टेलिभिजन च्यानल अन्तर्राष्ट्रिय पर्यटन पेजहरूमा सहभागिता तथा इन्टरनेटलाई प्रमुख रूपमा उपयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय च्यानलहरूमा एकदमै महँगो विज्ञापन शुल्क भएकाले हाल बीबीसीमा मात्र नेपाल प्रवर्द्धन सामग्री प्रसारण गरिएको हो,’ नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार विभागका प्रमुख आदित्य बरालले भने । बरालका अनुसार बीबीसीबाट प्रसारण भइरहेको प्रवर्द्धनात्मक सामग्रीले नेपालको आकर्षण र सुन्दरतालाई प्रस्तुत गर्ने गरी बनाइएको छ ।

हाल बीबीसीमा नेपालसम्बन्धी प्रवर्द्धनात्मक सामग्री प्रत्येक दिन दुई वा तीनपटक प्रसारण हुन्छ ।        

अंक ३७, २०६७, जेठ ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement