ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लगातार दोस्रो वर्ष पनि विश्वको अटो विक्रीमा टोयोटा अगाडि 

२०७८ पौष, २९  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २९, टोकियो । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशन लगातार दोस्रो वर्ष विश्वको अटो विक्रीमा शीर्ष स्थानमा रहेको छ । 

जर्मन अटोे निर्माता कम्पनी फक्सवागन एजीलाई पछाडि पार्दै सन् २०२१ मा टोयोटा लगातार दोस्रो वर्ष सर्वाधिक अटो विक्रेता बनेको हो । सन् २०२१ को जनवरीदेखि नोभेम्बरको बीचमा टोयोटाका कुल ९५ लाख ६० हजार थान सवारी विक्री भएको छ । 

यो फक्सवागन एजीकोभन्दा निकै धेरै हो । सो अवधिमा विश्वभर फक्सवागनका ८८ लाख ८० हजार थान सवारी विकेको बुधवार फक्सवागनले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

कोरोना भाइरसको महामारीका कारण पार्टस्को आपूर्ति शृंखलामा उत्पन्न अवरोधले टोयोटालाई फक्सवागनलगायत अन्य अटो निर्मातालाई जस्तो गरी मार नपरेको देखिएको छ । चिप अभाव बीच फक्सवागन उत्पादन घटाउन बाध्य भएको थियो ।

आफ्नो गृह बजार पश्चिम यूरोपमा फक्सवागनको विक्री २ दशमलव ७ प्रतिशतले घटेर २८ लाख ६० हजार थानमा आएको छ । मुख्य बजार चीनमा पनि विक्री १४ दशमलव १ प्रतिशतको कमीसहित ३३ लाख थानमा झरेको थियो । 

विद्युतीय सवारी साधनको विक्री भने दोब्बर हुँदै ४ लाख ५२ हजार ९०० थानमा उक्लिएको छ । प्लग–इन हाइब्रिड कारको विक्री पनि करीब ६० प्रतिशतले बढेर ३ लाख ९ हजार ५०० थानमा पुग्यो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्