ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

जापान र सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली, नेपालको कमजोरमध्ये एक 

२०७८ पौष, २९  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २९, लन्डन (बेलायत) । जापान र सिंगापुरको राहदानी विश्वमा सबैभन्दा शक्तिशाली पाइएको छ ।

विश्वव्यापी नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्सले बुधवार सार्वजनिक गरेको सूचीले यस्तो देखाएको हो । सूचीअनुसार नेपालको राहदानी विश्वकै सबैभन्दा कमजोरमध्ये एकमा रहेको छ । 

सूचक अन्तरराष्ट्रिय हवाई संघ (आएटा) को तथ्यांकमा आधारित छ । सूचकअनुसार सन् २०२२ मा दुबै देशका राहदानीको भिसा फ्रि अंक १९२ रहेको छ ।  यसको अर्थ यी १९२ देशमा जापान र सिंगापुरका मानिसहरु बिना भिसा जान पाउँछन् वा आउने बित्तिकै भिसा पाउँछन् भन्ने हो । 

जर्मनी र दक्षिण कोरियाका राहदानी बाहकले १९० मुलुकमा सहजै आवतजावत गर्न पाउँछन् । सूचीमा अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल र स्वीटजरल्याण्ड १० शक्तिशाली राहदानीमा परेका छन् । 

सूचीको पुछारमा परेको अफगानिस्तानको राहदानी संसारकै कमजोर राहादानी हो । अफगानी राहदानी बाहकले विश्वका २६ देशमा मात्र अनअराइभल भिसा पाउँछन् । यस्तै इराक २८, सिरिया २९, पाकिस्तान ३१, यमन ३३, सोमालीया ३४, नेपाल र प्यालेस्टिनी क्षेत्रका मुलुकका राहदानी बाहकले विश्वका ३७ मुलुकमा अनअराइभल भिसा पाउँछन् । 

नेपालभन्दा उत्तर कोरियाको राहदानी शक्तिशाली छ । दक्षिण एशियामा माल्दिभ्स सबैभन्दा शक्तिशाली देखिएको छ । माल्दिभ्सका राहदानीबाहकले विश्वका ८८ देशमा सहजै आवागमन गर्न पाउँछन् । भारत भने ८३ औं स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्