ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न, शतप्रतिशत लाभांश पारित

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमामाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

बुधवार वीरगञ्जमा सम्पन्न सभाले शतप्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५१ करोड पुगेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २१ करोड १२ लाख नाफा कमाएको छ ।  

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement