ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कोरोना संक्रमण बढेसँगै फरवार्ड लघुवित्तद्वारा साधारण सभामा भर्चुअल माध्यमबाट उपस्थित हुन अनुरोध

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई साधारण सभामा भर्चुअल माध्मबाट सहभागी हुन अनुरोध गरेको छ । 

कोरोना संक्रमण बढेसँगै कम्पनीले पुस ३० गते हुने साधारण सभामा भर्चुअल माध्यमबाट सहभागी हुन अनुरोध गरेको हो । कम्पनीको साधारण सभा केन्द्रीय कार्यालय, दुहवी सुनसरीमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।

सभाले ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । 

यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्