ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

उन्नति सहकार्य लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश सहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ ।

सभा पुस २८ गते होटल मौर्या सि.न.पा - १३ रुपन्देहीमा सम्पन्न भएको हो । 

सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यसैगरी, सभाले बोनस शेयर बाँडफाँटपछि सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न रू. १ करोड ७८ लाख ४५ हजार ११८ बराबरको एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते (एक दिन) बुक क्लोज गरेको थियो । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्