ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सेञ्चुरी कमर्सियल बैंकको शुक्रवार हुने साधारण सभामा शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी हुन अनुरोध

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । कोरोना सक्रमण बढेसँगै सेञ्चुरी कमर्सियल बैंकको  शुक्रवार हुने साधारण सभामा शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी हुन अनुरोध गरेको छ ।  

कम्पनीले शुक्रवार आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

भर्चुअल माध्यमबाट साधारण सभामा सहभागी हुनका लागि शेयरधनीले ९८५१०४३३४७ मोबाइलनमा सम्र्पक गरी मिटिङ आइडी र पासवर्ड लिन कम्पनीले अनुरोध गरेको छ । शेयरधनीको डिम्याट खातामा अपटेड मोबाइल नम्बरमा मेसेज मार्फत मिटिङ आइडी र पासवर्ड पठाएको पनि जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्