ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अपि पावर कम्पनीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । 

अपि पावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत् कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, प्रभु सेलेक्ट फण्ड र सन्राइज फर्स्ट म्युचुअल फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । 

यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी अपि पावर कम्पनीको ३ लाख ३४ हजार १६६ कित्ता खरीद माग रहेको छ । त्यसैगरी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको २ लाख ९९ हजार १३९ कित्ता, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको  २ लाख ६० हजार ७१५ कित्ता, प्रभु सेलेक्ट फण्डको २ लाख ३९ हजार २०० इकाई र सन्राइज फर्स्ट म्युुचुअल फण्डको २ लाख १२ हजार ९६२ इकाई खरीद माग रहेको हो । 

यो समचार तयार पार्दासम्म नेप्से परिसूचक २६ दशमलव १५ अंक बढेर २ हजार ८२९ दशमलव ७७ विन्दुमा रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्