ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, १४.२५% बोनस शेयर दिने

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको लाभांश दर संशोधन गरेको छ । 

संशोधन पछि कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसभन्दा अगाडि कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बीमा समितिले नगद लाभांशलाई रोक लगाएसँगै कम्पनीले नगद लाभांशलाई हटाएर बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त लाभांश पारितका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनको लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । 

यस आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्