ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

निम्बसले जित्यो कर्पोरेट उत्कृष्टताको लागि एचआरएम अवार्ड

२०७८ पौष, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । निम्बस समूहले कर्पोरेट उत्कृष्ठताको लागि कृषि उद्यम समूहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ जितेको छ । 

काठमाडौंमा हालै आयोजित विशेष समारोहका बीच आयोजित प्रथम  ‘द एचआरएम  अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा कम्पनीले उक्त उपाधि हात पारेको हो ।

अवार्ड जितेपछि कम्पनीले कम्पनीको अनुपम र प्रगतिशील विकासका साथै समग्र नेपालको कृषि क्षेत्रमा  पुर्‍याएको योगदानलाई सम्मान गरेको बताएको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृिषजन्य उद्योगमार्फत कर्पाेरेट संस्कारको शुरुवात गरेको र यसको श्रेय ग्राहकहरु तथा लगनशील कर्मचारीहरु भएको बताएका छन् ।

उनले कृषि उद्यममार्फत आफुलाई यस क्षेत्रमा अझ दृढताका साथ लाग्न यस अवार्डले हौसला प्रदान गरेको पनि बताएका छन् ।

कम्पनीले सन् २००४ मा देशमै पहिलो पशुपंक्षीको दानाको नविनतम उद्धेश्यसहित प्रोबायोटेक इन्डस्ट्रिजको स्थापना गरीे व्यवसाय शुरुवात गरेको थियो ।

कम्पनीको पशु फिड ब्रान्ड ‘शक्ति’  नेपाली बजारमा लोकप्रिय रहेको छ । हाल कम्पनीले चार ओटा पशु आहाराको उद्योग,माछा दाना उद्योग, सल्भेन्ट उद्योग, रिफाइनरी, दाल उद्योग तथा तोरी तेल तथा भटमासको मस्यौरा विभिन्न ब्रान्डमा उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement