ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मञ्जुश्री फाईनान्सको साधारण सभा सम्पन्न, ४६ % लाभांश पारित

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं ।  मञ्जुश्री फाईनान्सले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभाले कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने / गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि गत पुस १५ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्