ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एनसीसी बैंकको ८.४२ % लाभांश प्रस्ताव पारित 

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले प्रस्तावित कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । 

कम्पनीले बिहीवार काठमाडौंमा २४ औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको हो ।  कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट आयोजित सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
 

हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रहेको छ ।  लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पनि पारित गरेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । 

गत वर्ष कम्पनीले १० दशमलव २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार पुग्नेछ । 

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने विषयमा पनि कम्पनीले छलफल गरी यदि जाने भएमा सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्