ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

राष्ट बैंकले भन्यो : निष्क्रिय खाताबाट २० वर्षसम्म नझिकिएको रकम बैंकिङ विकास कोषमा जम्मा गर

२०७८ पौष, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको कुनै निष्क्रिय खाताबाट २० वर्षसम्म नझिकिएको रकम बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको रकम कोषमा जम्मा गर्न भनेको हो । रकम कोषमा जम्मा भए पनि निक्षेपकर्ताको विस्तृत विवरण भने बैंक तथा वित्तीय संस्थाले नै सुरक्षित राख्नुपर्ने केन्द्रीय बैंकले बताएको छ ।

यसरी कोषमा जम्मा भइसकेको रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेश गर्नुपर्नेछ ।

आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिना ब्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले बताएको छ ।  राष्ट्र बैंकको यो कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्