ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बैंकिङ कसूर मुद्दाका अभियुक्त पक्राउ

२०७८ पौष, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको जोरपाटी बस्ने खोटाङ कपिलासगढी गाउँपालिका- ९ स्थायी ठेगाना भएका ३२ वर्षीय प्रकाश राईलाई बिहीवार  पक्राउ गरेको हो । 

उक्त मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भइ उच्च अदालत पाटन ललितपुरबाट गत कात्तिक १० गते पक्राउ पूर्जी जारी भई फरार रहेका निज अभियुक्तलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जोरपाटीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्