ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न

२०७८ पौष, ३०  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नारायणी डेभलपमेन्ट बैंकले बिहीबार चितवनमा २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बैंक अध्यक्ष रामप्रसाद रुपाखेतीको अध्यक्षतामा भौतिक तथा भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले तोकिएको चुक्ता पुँजी यही आवभित्र पूरा गर्ने निर्णय गरेको छ । सभाले आव ०७७/७८ को आर्थिक विवरण पारित गर्नुका साथै आव ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति प्रस्ताव पारित गरेको छ ।

यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने  निर्णय पारित भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्