ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालन

२०७८ पौष, ३०  
लुम्बिनी प्रदेश
NA

पाल्पा । तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र (ई–चौतारी) सञ्चालनमा ल्याएको छ । सो केन्द्रले ग्रामीण आर्थिक विकास संघ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पुर्‍याउने बताइएको छ । यसबाट कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ ।

तानसेन नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताए । कार्यक्रम जीई किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण गर्न थालिएको बताए । ग्रामीण आर्थिक विकास संघ पाल्पा र जीई किसानको सहयोगमा तानसेन नगरपालिका सहित, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिका ई–चौतारीले सेवा सञ्चालनमा ल्याएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्