ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

शुक्लाफाँटामा नगर अस्पताल निर्माण शुरू

२०७८ पौष, ३०  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माण शुरू गरिएको छ । दश शøयाको नगर अस्पताल भवन निर्माणको कार्य शुरू गरिएको हो ।     

नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ । एमके बिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । ‘भवन निर्माणका लागि कुल बजेट १० करोड ८३ लाख रहेको थियो,’ उनले भने, ‘घटाघटमा निर्माण कम्पनीले ६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाएको छ ।’

भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उनका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता छ । सोहीअनुरूप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्